Thu. Mar 28th, 2024

केहि समय अघि टिजर रिलिज गरेर राम्रो रेस्पोन्स पाएको सिनेमा ‘द विनर’को अफिसियल पोस्टर तथा एक गीत रिलिज गरिएको छ ।
पोस्टरमा सिनेमाका प्राय सबै पात्रहरु आ आफ्नो शैलीमा सडकमा हिडिरहेको देखिएका छन, कमल बैधले डिजाइन गरेको उक्त पोस्टर आकर्षक बनेको छ भने पोस्टरमा नया पन समेत देखिएको छ, किनकी नेपाली सिनेमामा बन्ने प्राय अन्य पोस्टर भन्दा यसको प्रस्तुति अलि फरक छ ।
त्यस्तै सिनेमाको सार्बजनिक ‘परी’ बोलको गीत पनि आकर्षक बनेको छ, दुबैको मरुभूमिमा खिचिएको उक्त गीत नेपाली सिनेमामा यसअघी नदेखिएको लोकेशनमा खिचिएको छ, गीतको शब्द तथा स्नागित पक्ष समेत राम्रो छ  । पुर्ब मिसनेपाल तथा अभिनेत्री मलिना जोशी, नवअभिनेताहरु महेशमान श्रेष्ठ र मन्चिन शाक्य गीतमा फिचरिङ् छन् ।अमित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने सुशन प्रजापतिले यसको छायाँकन गरेका हुन् ।
हिक्मत बिष्ट निर्देशित सिनेमा द वीनरको कथा भने निर्माण पक्षले गोप्य राखेको छ, टिजर हेर्दा सस्पेन्स अपराध, डनगिरी र त्यसबाट उत्पन्न हुने परिस्थितिहरुको कथा सिनेमाले देखाउछ । डायमण्ड स्टार फिल्मसको ब्यानरमा श्रृजना शाह र विकास खरेलले यो सिनेमा निर्माण गरेका हुन् ।

%d bloggers like this: