Fri. Apr 26th, 2024

bishal-rai-dharane-soltini-lai-song-12
लामो समयदेखि नेपाली रंग पत्रकारिता गर्दै आएका विशाल राई पछिल्लोपटक म्युजिक भिडियो अभिनयमा समेत सक्रिय हुन् थालेका छन । उनि यतिबेला बिभिन्न मोडलहरुसँग रोमान्स गर्दै भेटिन्छन ।
केहि समयअघि गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’मा पनि आफ्नो अभिनय देखाएका छन।  यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ । राईले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए ।
भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन् । भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ । उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन् ।
bishal-rai-dharane-soltini-lai-song-2
गायक भिषणको स्वरमा यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।

%d bloggers like this: