Thu. Mar 28th, 2024

geeta bhattraiतीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी आधुनिक तथा लोक पप गायिका गीता भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् । उनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो ।
छोटो समयमा नै गायनमा फरक स्थान बनाएकी गायिका भट्टराईको नयाँ आधुनिक गीत ‘भुल्नै गाह्रो भो’ बोलको गीतको म्युजिक भिडियो अहिले चर्चामा छ । उक्त गीतमा नायिका शिल्पा पोख्रेल र नायक यशराज गरचले अभिनय गरेका छन् ।
गायन र ब्यबसायलाई एक साथ अघि बढाउदै गरेकी गायिका गीताले यस अघि आधा दर्जन जति तीजका गीत समेत सार्बजनिक गरीसकेकी छिन् । गायनमा आउनु पुर्ब उनी मोडलिङमा सक्रिय थिईन् । उनी अभिनित एक दर्जन भन्दा बढी म्युजिक भिडियो चर्चित छन् ।
अहिले गायिका गीताले तीन वटा गीत तयार गरिसकेकी छिन् । रिमिक्स शैलीको ‘परे ओ परे’, लोकपप शैलीको ‘युएस लण्डनमा’ र आधुनिक बिधाको ‘माया मारी चटक्कै’ बोलको गीतको रेकर्डिङ सकेर म्युजिक भिडियो निर्माणको तयारीमा रहेको गायिका भट्टराईले बताईन् ।
ब्यबसायका कारण गायनमा केहि समय ग्याप गरेको बताउदै अब निरन्तर रुपमा गायनमा सक्रिय हुने उनले दाबी गरिन् । पारिवारिक सहयोगका कारण संगीतमा आएको बताउदै उनले संगीत बिना जिवन अधुरो रहेको प्रतिकृया दिईन् । नयाँ गीत सार्बजनिक गरे संगै देश बिदेशका कार्यक्रमहरुका लागि अफर आईरहेको पनि उनले जानकारी गराईन् ।

 

%d bloggers like this: