Sat. Apr 13th, 2024

Banisha-bishal
फरक शैलीको गीत गाउने वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानको पहिलो सोलो गीत ‘सक्ने भा त’को  भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नायिका बेनिशा र विशाल भण्डारीको अभिनय रहेको छ । गायक पुष्पन स्वयंको शब्द संगीत रहेको गीतमा धोका पाएको प्रेमी र खराब पतिबाट प्रताडित श्रीमतीको भुमिकामा बेनिशा र विशाल प्रस्तुत भएका छन् ।
भिडियोलाई हरि हुमागाईले निर्देशन गरेका हुन् । सयौको संख्यामा म्युजिक भिडियो खिचिसकेका हरिको यो तेस्रो निर्देशकीय भिडियो हो । त्यस्तै, भिडियो निर्देशकको रुपमा दरिलो छाप बनाएका बिशालले पहिलो पटक यही भिडियोमा अभिनय गरेका हुन् ।
भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

%d bloggers like this: