Thu. Apr 25th, 2024

bikash-lamichhane उषा खनाल
चर्चित गायिका रजिना रिमालको स्वरमा रहेको मनछुने गीत ‘छैन् माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा संचारकर्मी बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ ।
शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ । होम घलेको हुप्स एल्बममा समाबेस यो गीतमा तारानाथ आचार्यका शब्द तथा तेजेन्द्र गुरुङले संगीत सुन्न सकिन्छा ।
काठमाडौँ आसपासमा छायाँकन गरिएको भिडीयोलाई शिब फोरएस मिडीयाले निर्माण गरेको हो । म्युजिक भिडियोमा सम्भु चालिसेको छायाँकन र रबिन बिकको कलर करेक्सन र सम्पादन रहेको छ ।

%d bloggers like this: