Fri. Apr 26th, 2024

junge-
सिनेमा ‘जंगे’को फस्टलुक सार्वजानिक गरिएको छ । पोस्टर हेर्दा लाग्छ यो सिनेमा राजनैतिक बिषयमा बनेको छ र जंगे पात्रले गर्ने तौर तरिका तथा विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता  र शक्ति प्राप्त गर्छ भन्ने विषयमा जंगे पात्रलाई सिनेमामा देखाउन खोजिएको निर्माण पक्षले बताएको छ ।
सुसन प्रजापतिले निर्माण गरेको सिनेमालाई उत्कल थापाले निर्देशन गरेका छन जुन २०७३ बैशाख १७ गतेबाट प्रदर्शन हुदैछ ।
junge1
सार्वजानिक पोष्टरहरुमा सुरज सिंह ठकुरी एक मधेसी युवको लुक्समा देखिएका छन भने अन्य कलाकारहरु अनुप बराल, ऋचा शर्मा , नाजिर हुसेन, दीपशिखा शाही ,नरेश पौड्याल , शंशांक मैनाली ,प्रदिप ढकाल, सुशीलराज पाण्डे,जोयस पाण्डे लगायत पनि पोस्टरमा फिचर छन । सबै पात्र तराई मुलका झैँ लाग्छन भने सिनेमा राजनीतिक तथा सामाजिक परिबेशमा बनेको पोस्टर बाट थाहा हुन्छ ।

%d bloggers like this: