Sun. Jun 4th, 2023

dreams
युवा पुस्ताका हट केक अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’ आगामी फागुन २१ मा रिलिज हुदैछ । अनमोल पिता भुवन केसी निर्देशित सिनेमाको केहि साता अघि ट्रेलर रिलिज गरिएको थियो ।
युट्युबमा ‘ड्रिम्स’ को ट्रेलर दश लाख बढीले हेरेका छन, यसबाट पनि बुझ्न सकिन्छ युवा पुस्त माझ क्रेज रहेको अनमोल अब नेपाली सिनेमाका यस्ता स्टार हुन् जसको फ्यानले मात्र सिनेमा हेरेपनि सिनेमा सियोर सट हिट हुन्छ । नेपाली सिनेमा इतिहासमै सर्बाधिक हेरिएको ट्रेलरको किर्तिमान पनि ड्रिम्सले राखेको छ । जम्मा १७ दिनको समयमा युट्युवमा  १० लाख बढी भ्युअर्स पाएको ‘ड्रिम्स’ पहिलो हो भन्दा फरक नपर्ला ।
dreams trailer 10 lakhs views
केहि दिन अघि रिलिज ड्रिम्स गीतले समेत हाल राम्रो प्रतिक्रिया पाईरहेको छ । सिनेमामा अनमोल संगै सम्राज्ञी राज्य लक्ष्मी शाह, सन्ध्या केसी र भुवन केसीको समेत अभिनय रहेको छ। सिनेमालाई गोबिन्द शाहीले वितरण गर्दैछन ।

%d bloggers like this: