Sat. Apr 20th, 2024

ffmt
दिनेश डिसी निर्देशित सिनेमा ‘फुलै फुलको मौसम तिमीलाई’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सिनेमाका दुई मुख्य पात्र निता ढुंगाना र आमेश भण्डारीको केमेस्ट्री, माया प्रेम, रोमान्स र केहि सस्पेन्स समेत देखाईएको छ, ट्रेलर आकर्षक बनेको छ ।
ट्रेलरमा निता दोहोरो भूमिकामा हुनेछिन भन्ने कुरा पनि खुलाईएको छ भने उनि एक प्रहरी अधिकृतको भूमिकामा छिन भन्ने कुरा समेत देखाईएको छ । उता आमेश एक लभर ब्वाईको साथ साथै एक्सन भूमिकामा समेत देखिएका छन, उनि आफ्नी प्रेमिकाको माया पाउन संघर्ष गर्दैछन तर यी दुईको मिलानमा केहि कुराले रोकिरहेको छ, भन्ने कुरा पनि ट्रेलर बाट बुझ्न सकिन्छ ।
ffmt-2
आगामी फागुन २१ बाट नेपाल रिलिजमा आउने यो सिनेमालाई अमिर अलि निर्माण गरेका हुन्  । ‘फुलै फुलको मौसम तिमीलाईको’ केहि हप्ता अघि रिलिज टाइटल गीत र यसको मेकिंगले समेत तारिफ पाएको  थियो।

%d bloggers like this: