Fri. Apr 26th, 2024

राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमा ‘आवेग’ युनिटले आफ्नो अडियो एल्बम तथा पहिलो ट्रेलर सार्वजनिक गरेको छ ।
सूचना तथा संचारमन्त्री शेरधन राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले चलचित्रको अडियो एल्बम सार्वजनिक गरेका थिए ।
संचारमन्त्री राईले आफु तत्काल चलचित्र नीतिलाई लागु गर्ने, सेलिब्रेटी कार्डको व्यवस्था देखी बक्स अफिस लागु गर्ने काममा अगाडी बढ्ने विश्वास दिलाउदैं चलचित्र आवेगलाई शुभकामना पनि दिएका थिए ।
आवेग
कार्यक्रममा सिनेमाकी नायिका पवित्रा आचार्य मात्र उपस्थित भएकी थिइन भने मुख्य अभिनेता आर्यन सिग्देल, अर्का अभिनेता धुर्ब दत्त र अभिनेत्री अर्चना देलाला भने उपस्थित थिएनन।
निर्देशक बसन्त निरौलाले आर्यन आउछु भनेर नआएकोमा दुख व्यक्त गरे भने ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएको बताए, आफुले मेहेनतका साथ् सिनेमा बनाएको र सफल हुनेमा आशावादी रहेको पनि उनले बताए ।
कार्यक्रममा  सिनेमाका तीन गीत समेत देखाइएको थियो, ट्रेलरमा आर्यन सिग्देललाई साउथ शैलीको एक्शन अवतारमा प्रस्तुत गरिएको छ, हेर्दा लाग्छ आवेग पनि साउथ शैलीमै बनेको सिनेमा हो ।
चैत्र १२ गते बाट प्रर्दशनमा आउने सिनेमा ‘आबेग’ सुर्य कार्कीको प्रस्तुतिमा धन सिंह केसी र राजेन्द्र घिमिरेले सिनेमाको निर्माण गरेका हुन। सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन र टंक बुढाथोकिको संगीत छ ।
‘आवेग’ ट्रेलर हेर्नुहोस्:

%d bloggers like this: