Fri. Apr 26th, 2024
refugee
अढाई दशक अघि भूटानबाट त्यहाँका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले  ‘रिफ्युजी’ सिनेमा निर्माण गरेका छन् । 
माघ १५ बाट यो सिनेमा देशभर बाट एकसाथ प्रदर्शनमा आउदैछ । साथै थुप्रै स्थानमा यो सिनेमा शो भई सकेको छ भने अमेरिका, बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन समेत हुदैछ ।
नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश फर्कने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो सिनेमामा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए ।
सिनेमामा अहिलेका चर्चित अभिनेता जीवन लुईटेल संगै नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय रहेको छ ।
सौरभ लामाको छायाँकन रहेको सिनेमामा राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन , विकाश चौधरीको सँगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ ।
%d bloggers like this: