Fri. Mar 29th, 2024
रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘राम प्यारी’ मा समावेश नयाँ रोमान्टिक गीति सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीको ‘क्युट’ क्यामेस्ट्रीलाई देख्न सकिन्छ । रेखाकी आफ्नै जेठी दीदीका छोरा हुन्, आभाष अधिकारी । रेखाको ‘राम प्यारी’ मार्फत उनले नेपाली रजतपटमा नायकको रुपमा प्रवेश गर्दैछन् ।
 
कोसिश क्षेत्रीको संगीत तथा स्वर रहेको ‘मेरो घुर्की’ बोलको गीतका शब्दकार एसके शाह हुन् । सुन्दर दृश्यमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । सबिर श्रेष्ठ निर्देशित फिल्म ‘राम प्यारी’ आउँदो चैत २६ गतेदेखि देशभरदेखि प्रदर्शनमा आउँदैछ । महिला टेम्पो चालकको कथा रहेको फिल्ममा रेखाको अपोजिटमा नायक सविन श्रेष्ठ छन् ।
 आभाष र आश्माको रोमान्टिक गीति भिडियो हेर्नुस् ः
%d bloggers like this: