Wed. Apr 24th, 2024
gurung film award 1
गुरुङ भाषा अनि संस्कृति सम्बन्धी बनेका  सिनेमाहरुको सम्मान, प्रोत्साहन र मुल्याङ्कन गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘गुरुङ फिल्म अवार्ड’ हुने भएको छ । फागुन १४ र १५ गते चल्ने यो महोत्सबलाई ग्ल्यामर सम्बन्धि वेभसाईट ‘जक्शन डटकम’ संचालक मिडिया ‘जक्शन ग्रुप’ले आयोजना गर्न लागेको हो । 
 
बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जक्शन ग्रुपले अवार्ड कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘नेपालमै पहिलो पटक हुन लागेको गुरुङ फिल्म अवार्डका लागि कुल ४६ वटा फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ’, पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रमका सँयोजक तथा जक्शन गु्रपका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले भने–‘अवार्ड कार्यक्रम पोखरा ग्राण्ड होटलमा दुई दिनसम्म हुनेछ ।’
अवार्डका लागि आएका फिल्महरुमध्ये २०६१ बैशाख १ देखि ६५ चैत मसान्त सम्मको पहिलो कालखण्ड र २०६६ बैशाख १ देखि ७० मसान्तसम्म दोस्रो कालखण्ड भनेर छुट्टाईएको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पहिलो कालखण्ड अन्तरगत गुरुङ मातृभाषी फिल्महरुलाई १७ वटा विधामा अवार्ड वितरण गरिनेछ । त्यसमध्ये दुईवटा फिल्मले विशेष अवार्ड प्राप्त गर्नेछन् । सोहि कालखण्ड अन्तरगत नेपाली भाषाका गुरुङ फिल्महरुलाई १४ वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।
त्यस्तै दोस्रो कालखण्ड अन्तरगत मातृभाषी फिल्मलाई दुई विशेष फिल्म अवार्ड सहित १९ वटा विधामा र नेपाली भाषी गुरुङ फिल्मलाई १ विशेष फिल्म सहित १६ वटा विधामा अवार्ड वितरण गरिनेछ । त्यसैगरि दोस्रो कालखण्ड मध्येका मातृभाषी र नेपाली भाषी दुवै शिर्षकका फिल्महरुबाट चर्चित फिल्म, चर्चित अभिनेता र चर्चित अभिनेत्री समेत गरि कुल ६९ वटा विधामा अवार्ड वितरण गरिनेछ । साथै नेपाली भाषी अर्न्तगत एउटा फिल्मलाई विशेष अवार्ड वितरण समेत गरिनेछ ।
%d bloggers like this: