Sat. Apr 20th, 2024

anila rai
खोटांगमा जन्मिएकी अनिला राई जसलाई सानै देखि गीत संगितमा रुची थियो, विदेशमा बसेर पनि नेपाली गीत संगितलाई माया गर्ने उनिले केहि एल्बमसमेत ल्याइन र राम्रै चर्चा पनि पाईन उनी अनिलाले फेरी अर्को एल्बम पनि ल्याएकि छिन् ।
गायिका/गीतकार अनिला राईको एल्बम ‘स्वरांकन ’ बिहिबार बिमोचन गरिएको छ ।बिमोचन समारोहमा प्रथम मिस नेपाल रुबी राणा, नायिका गौरी मल्ल, प्रजोल सुजल गिरि, केकी अधिकारी, बेनिसा हमाल, निरन्जन प्रधान, मिलन चाम्स लगाएत विभिन्न कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।
उनको एल्बमा “पहिलो जस्तो हुदैन भेट, मेरो नजरभन्दा पर, यो जीवनमा बहार छायो, आखाभरि इन्द्रेणीको, कुरा गर्ने मायाको त, जिन्दगि सधै नै, फलोस् फुलोस् सदाबहार, तिमीले काडा टेक्न परे, खाली भो चुल्ठो, आखाबाट सम्झना, बादलसंगै उडेर आउला, तिमीले दिएको एक चिम्टी, मेरो हिड्ने बाटोहरु, गरि चौध वटा गीतहरु रहेका छन् ।
बिमोचनकै समारोहमा ”जन्मदिनको सुभकामना” र ”कसम खाऊ अझै ” बोल गीतको म्युजिक भिडियो सार्बजनिक गरेको थियो भने गौरी मल्लले आफ्नो प्रस्तुति पनि देखाएकी छिन् । उक्त एल्बमलाई रुबुसा क्रीयतीभ वोर्क्सले बजार बेवस्थापन गरेको हो भने यम.जे रेडियोले सोहि कार्यक्रम प्रसारण गरेको थियो ।

%d bloggers like this: