Fri. Mar 29th, 2024
keki - gamvir
प्रतिभावान गायक पर्शु गिरीको स्वर रहेको गीत ‘तिमीलाई देखेर लौ’को म्युजिक भिडियो रिलिज भएको छ ।
चर्चित युवा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा अहिलेकी चर्चित नायिका केकी अधिकारी र पुष्प खड्काको अभिनय रहेको छ । अर्का चर्चित गायक डम्बर नेपालीको शब्द र संगीतमा तयार भएको गीतलाई नेपाल र क्यानाडाका बिभिन्न रमणीय स्थानमा खिचिएको छ । गीत राम्रो अनि रोमान्टिक छ भने भिडियो आकर्षक बनेको छ ।
gambhir bista
एउटा कलाकारमा हुनुपर्ने गुण आफुमा हुदा हुदै पनि निर्देशक एबं कोरियोग्राफर गम्भीर विष्ट आफुले निर्देशन गरेको भिडियोमा आफै अभिनय गर्दैनन्, आफुले निर्देशन गर्दा कलाकारको प्रफमेन्स, क्यामरा एंगल, ब्याक ग्राउन्ड लगायत कुरामा ध्यान दिनुपर्ने भएकाले आफै अभिनय नगर्ने तर राम्रो कलाकार राखेर उत्कृष्ट भिडियो बनाउने उनि बताउछन  ।
ओम पौडेलको सम्पादन रहेको भिडियोको नेपालको छायांकन श्रीराम अर्यालले गरेका हुन भने क्यानाडाको छायांकन प्रभाकर थापाले गरेका छन् ।
हेर्नुहोस भिडियो :

%d bloggers like this: