Fri. Mar 29th, 2024

susta pawan
यसै वर्ष मात्र बिभ बन्धनमा बाधिएकी गायिका रजिना रिमाल हावामा सुवास बनेर आफ्नो प्रेमीलाई भेट्न जाने भएकी छन् ।
तर उनि कल्पनामा आफ्नो प्रेमी भेट्न जादै छिन त्यो पनि गायिका मञ्जु खड्का योञ्जनको गीतमा । मञ्जुले आफ्ना भवानाहरु पोखी लेखेको गीत सुस्त पवनमा गायिका रिमालले आफ्नो सुमधुर आवाज दिएकी हुन् जसको भिडियो समेत सार्बजनिक गरिएको छ । उक्त गीतमा रोसन शाही ठकुरीको संगीत रहेको छ भने फडिन्द्र राईले संगीत संयोजन गरेका छन् ।
rajina4
ज्वयस पाण्डेले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा मोडल अकेशा बिष्ट र दृष्यलाई फिचरिङ गरिएको छ । ज्वयस पाण्डे ‘साँघुरो’ नामक सिनेमा निर्देशन गरि चर्चा कमाएको नाम हो जो अभिनयमा समेत संलग्न छन, उता अकेशा सिनेमा तथा भिडियो अभिनय तथा संचारकर्ममा सक्रिय छिन ।
अहिलेका व्यस्त छायाँकार सुसन प्रजापतिको छायाँकनमा निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोलाई सुमन योञ्जनले निर्माण गरेका हुन ।
https://www.youtube.com/watch?v=ZF2P1B5cARM

%d bloggers like this: