Tue. Apr 16th, 2024

bhatta panta n chand
गोल्डेन हिल्र्स पिक्चर्सको व्यानरमा निर्माण हुने नेपाली चलचित्रको छायांकनका लागि यूरोपको मुख्य सहरहरुको लोकेसन हेर्न निर्माण युनिट युरोपतिर प्रस्थान गरेकोछ, सिनेमाको नाम भने फाइनल गरिएको छैन ।
निर्देशक मुकुन्द भट्ट, निर्माता डम्मर चन्द र अहिलेको समयमा निकै ब्यस्त द्धन्द्ध निर्देशक चन्द्र पन्त सहितको टिम युरोपका विभिन्न देशहरुमा सुटिङकालागी छायांकन स्थल हेर्न त्यहा पुगेको छ । यो युनिट वेल्जियम, डेनमार्क, जर्मनी, ईटालीकोका विभिन्न सहरमाभ्रमण गर्नेछ र केइ समयको बसाइपछी नेपाल फर्कने छ, सूटिङ भने आगामी मार्चमा गरिने निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन।
mukunda bhatta
निर्माण यूनिटले चलचित्रको कथा अनुसारनै युरोपमा सुटिङ हुने भएकोले निर्माण कार्यमा कुनै सम्झौता नगर्ने बताएको छ । चलचित्रमा दयाहाङ्ग राइ, सौगात मल्ल, नव नायक प्रकाश जंग शाही, नव नायिका सिर्जना सिंन्हाले अभिनय गर्ने पक्का भएको छ भने प्राबिधिक  र अन्य कलाकारहरु चयन हुन वाँकी रहेको निर्माण युनिटले जनाएको छ ।
यूरोप बाट फर्केर चाडैनै कलाकार चयन गरी वर्कसपमा जाने निर्माता डम्बर चन्दले बताएका छन । यसैगरी चलचित्रमा प्रवेश पौडेलको कथा तथा सह– निर्देशन रहनेछ भने दिपक विकको संगीत, सविन राईको गायन र अरुण रेग्मीको निर्माण नियन्त्रण रहने छ ।

%d bloggers like this: