Fri. Apr 26th, 2024

fanko-in
सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा  सौगात मल्ल, दयाहाङ राई,  केकी अधिकारी, प्रियंका कार्की र ए गुरुङ फिचरिङ छन् ।
चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा सापकोटा कै संगीत रहेको छ। सुवर्ण थापाले निर्देशन गरेको सिनेमालाई हेटौडा मुभी मेकर ग्रुपको ब्यानरमा नरेन्द्र मर्जनले निर्माण गरेका हुन् ।
सामाजिक सस्पेन्स कथामा बनेको सिनेमा ‘फन्को’ माघ १ गते देखि प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुस् :

%d bloggers like this: