Sat. Apr 20th, 2024

adha page
सिनेमा ‘आधा पेज’को ‘मेरो आँखा रसाउँछ…’ बोलको नयाँ गीत रिलिज भएको छ । गीतमा सारिका न्यौपाने र आसिम आरडीको फिचरिङ छ भने प्रेम परियार र रमिताको स्वर रहेको छ । 
सार्बजनिक गीतमा रमण गायकको शब्द तथा संगीत रहेको छ भने गीतको नृत्य निर्देशन हरि वाग्लेले  गरेका हुन् ।
समुन्द्र भट्ट निर्देशित फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकालको मुख्य अभिनय छ ।
रुपक न्यौपानेको प्रस्तुतिमा लिला बाहादुर न्यौपाने र ज्ञान न्यौपाने यो सिनेमा निर्माण गरेका हुन् । लभस्टोरी र मित्रताको कथामा बनेको फिल्ममा इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा र सन्तोष ढकालको सम्पादन रहेको छ ।

%d bloggers like this: