Thu. Apr 25th, 2024

rajesh hamal bagmati
सिनेमा ‘बागमती’का मुख्य कलाकार महानायक राजेश हमाल बिहिबार अमेरिका बाट नेपाल फर्केका छन् । आगामी पौष २४ बाट प्रदर्शनमा आउने सिनेमाको उनि फर्किए संगै अब व्यापक प्रचार प्रसार गरिने भएको छ ।
तिहार मनाउन अमेरिका गएका राजेश नेपाल आउन साथ निर्माण युनिटलाई भेटे र उनको कमब्याक भनेर प्रचार गरिएको यो फिल्मको लागी आफ्नो तर्फबाट हर कदम सहयोग रहने बचन समेत दिए ।शुक्रबार हमालसँगको छलफलपछि निर्माता तथा प्रस्तुतकर्ता दिनेश दर्शनधारीले फिल्म पब्लिसिटीको लागी आफ्नो पुर्णतमः साथ र सहयोगको आश्वासन हमालले दिएको बताएका छन् ।
’उहाँसँगको भेटघाटपछि फिल्मको प्रचारको लागी थप उर्जा मिलेको छ, अब अन्य कलाकारहरुसँगै महानायक ज्यू पनि प्रचारमा सँगसँगै देखिनुहुनेछ’ दर्शनधारीले सुनाए।’ साथै उनी अमेरिका रहँदा समेत त्यहाँ रहेका नेपालीहरुले छिटो नेपाल फर्केर बागमतीको प्रचारको लागी उत्रिन आग्रह गरेको समेत खुलाएका छन् । अमेरिका रहँदा ’बागमती’को बारेमा धेरैले चासो व्यक्त गरेको भन्दै फिल्मलाई दर्शकको साथ मिलाउनको लागी हर कोशिष गर्ने समेत उनले बचन दिएका छन ।bagmati team
पौष २४ रिलिज मिति तय भएको यो फिल्मलाई सुरुवाती दिनबाट नै ’महानायकको कमब्याक’ स्लोगन सहित प्रचार गरिएको छ भने साउथ ईण्डियन निर्देशक सन्नि केराला निर्दे्शित यो फिल्म आफ्नो अहिलेसम्मकै फरक अभिनय र प्रस्तुतीमा बनेको भन्दै हमालले पनि यसअघी नै ’बागमती’को लागी आफु पुर्णतः लागीपर्ने बताउँदै आएका छन् । एकसमय राजेश हमालको नाम लिएपछि फिल्म चल्थ्यो, तर अहिले त्यो अवस्था छैन् ।
त्यसैले पनि हमालको पुनरागमनको रुपमा लिईएको यो फिल्मप्रति उनको ठुलो आशा पक्का हुनसक्छ । त्यसो त कुनै सार्वजनिक ठाउँ होस् या सभा सम्मेलन, हमाल जहाँ उभिन्छन्, त्यहाँ उनका फ्यान तथा सुभचिन्तकहरुले घेरीहाल्छन् । त्यसैले पनि हमालको उपस्थिती ’बागमती’ युनिटलाई प्रचारप्रसारमा बलियो खम्बा बन्नसक्छ ।

%d bloggers like this: