Thu. Mar 28th, 2024

धौली
नेपालको पच्छिमी समाजमा ब्याप्त गोठालो बस्ने चलनलाई प्रस्तुत गर्ने सिनेमा ‘धौली’को फस्ट लुक पोस्टर सार्बजनिक भएको छ । कलाकार गीता अधिकारी धौली पात्रको रुपमा देखिएकी छन ।
घनश्याम लामिछानेले निर्देशित सिनेमा आगामी पुस १० मा रिलिज हुने छ । आफ्नी हराएकी आमा खोज्न छोराले गरेको संघर्षको कथा नै धौली सार हो । सिनेमामा गीता संगै विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे र विद्या कार्कीको समेत अभिनय रहेको छ ।
शम्भु थापा र सन्तोषकुमार आत्रेयको पटकथा रहेको सिनेमामा ध्वनी जेसन कुँवर, संगीत बसन्त सापकोटा र केवल घर्ती, छायांकन दिव्यराज सुवेदीको रहेको छ ।
धौली पोस्टर
स्पिनि ब्यब्लर क्रियसनको ब्यानरमा ज्ञानकुमार आत्रेय, किरणकुमार आत्रेय, शम्भु थापा, नरबहादुर गोदार र सन्तोषकुमार आत्रेयले यो सिनेमा निर्माण गरेका हुन् ।

%d bloggers like this: