Fri. Apr 26th, 2024
एक्सन स्टार निखिल उप्रेती अभिनित सिनेमा ‘लुटेरा’ले प्रर्दशनको चार दिन सम्ममा झन्डै एक करोड २३ लाखको बक्स अफिस कलेक्सन गर्दै करोड क्लबमा प्रवेश गरेको छ । गत लक्ष्मी पूजा देखि प्रदर्शनमा आएको यो सिनेमा देशभरका झाडी ६० बढी हलमा एकसाथ रिलिजमा आएको थियो ।
सिनेमाका निर्माता तथा वितरक गोपाल कायस्थले आफ्नो सिनेमाले चार दिनमा यति ब्यापर गरेको दाबि गरेका हुन् । सिनेमाको हल रिपोर्ट तथा दर्शक पर्तिक्रिया बुझ्न निर्देशक/निर्माता तथा कलाकार उपत्यकाका थुप्रै सिनेमा हलहरु पुगेका थिए,  हलहरुको दृश्य हेर्न लायक देखिन्थो, कहिले हलमा आएका दर्शकले अभिनेता निखिल उप्रेतीलाई काँधमा बोकेर उफार्थे त कहिले सेल्फी खिच्न तछाड मछाड गरेको देखिन्थो ।
nikhil-dayaram-gopal-milan
निखिलको पछिल्लो सिनेमा ‘भैरव’ रिलिजको बेला पनि यस्ता खालका दृश्यहरु देखिएका थिए, यसबाट निखिलको स्टार पावर बलियो रहेको भन्ने बुझ्न सकिन्छ । सिनेमाको ब्यापर देखेर यसका निर्माताहरु पनि हौसिएका छन, आइताबार पछिका दिनहरुमा अझै कलेक्सन बढ्नेमा निर्माता कायस्थ ढुक्क देखिन्छन ।
हेर्नुहोस हल भिडियो रिपोर्ट:

 

%d bloggers like this: