Fri. Apr 19th, 2024

बेलायतको प्रतिष्ठित प्रतियोगिता ‘रुल दि रनवे’ मा नेपाली चेली प्रसुना कँडेल छानिएकी छिन् ।लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत प्रसुना मिस साइवरफेश युकेले चौथो पटक गर्न लागेको बृहत प्रतियोगितामा टपटेनमा पर्न सफल पहिलो नेपाली चेली हुन् । उनी  तीन चरणको अडिशन पछि  छनौट भएकी हुन् ।नेप्लिज नर्सिङ युकेकी महासचिव समेत रहेकी कँडेल पेशाले नर्स हुन् । 3
सन् २०१६ फेब्रुअरीमा बेलायतको बर्मिङघममा हुने प्रतियोगितामा उनी सहभागी हुने  छिन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा बेलायतको दि प्रिन्सेस रोयल स्पोर्टस कम्प्लेक्स बिलिङ्टन सोमरसेटमा हुने भएको छ । आगामी ४ जनवरीसम्म भोटिङ गर्न सकिने उनले जानकारी दिएकी छिन् । अहिले उनले सामाजिक सञ्जाल मार्फत आफुलाई भोटिङ गर्न आग्रह गरेकी छिन् ।2
उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड देखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हासिल गरिसकेकी छिन् उनले । यूकेका विभिन्न वेवसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहने उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिका समेत गरेकी थिइन् । 1
किङ्ग्स स्कुल अफ आर्टसमा थिएटर तथा स्त्रिmन अभिनयमा स्नातक गरेकी कँडेल सामाजिक काममा पनि सक्रिय छिन् । वैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि उनले नेपालको दुर्गम गाउँमा गएर राहत वितरण गरेकी थिइन् ।
भूकम्पपछि धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा दुई सातासम्म राहत औषधी उपचार वितरण गरेकी थिईन् उनले ।

भोटिङका लागि तलको लिंकमा जानुहोस्
https://www.facebook.com/RuletheRunwayUK/?sk=app_451684954848385&brandloc=DISABLE&app_data=view-vote%2Cfor-11248943&__mref=message_bubble
%d bloggers like this: