Fri. Mar 29th, 2024

करिब छ सय भाग प्रसारण भएको हाँस्य टेलिसिरियल ‘तितो सत्य’ अब प्रशारणमा नआउने भएको छ । यो कुराको जानकारी स्वयम ‘तितो सत्य’का निर्देशक एवं निर्माता दिपकराज गिरीले गराएका हुन् । 
उनले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरूको चाहनालार्इ सम्बोधन गर्न नसकिएको अवस्थालाइ विचार गर्दा जबरजस्ती कार्यक्रमलार्इ टिकाइ रहनु भन्दा पछाडी हटनु नै उपयुक्त ठानी १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेको छौँ । यो लामो समय साथ दिने आदरणिय दर्शक, नेपाल टेलिभिजन, सोम दार्इ, मिडिया हब, कलाकार टेक्निसियन लगायत सम्पूर्ण बिज्ञापनदाताहरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ । कुनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अतः यो पनि छोटो बिश्राम मात्रै हो । तीतो सत्य यूनिटले दर्शकहरूमाझ सबै हास्य कलाकारको सहयोगमा छ एकान छ र वडा नम्बर छ जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो । अतः भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहीक तथा चलचित्र निर्माणलाइ निरन्तरता दिने नै छ । दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हुँदैछौं । हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा, जय नेपाल ।’
त्यस्तै तितो सत्यसँगै जिरे खुसार्नी, मेरी बास्सै पनि बन्द हुने तयारीमा रहेको स्रोतले बताएको छ । मिडिया हबसँगको आन्तरिक किचलोका कारण यि हाँस्य टेलिसिरियलहरु बन्द हुन लागेका हुन् । उता अर्को सिरियल ‘भद्रगोल’ भने हाल सर्बाधिक रुचाइएको टिभी सिरियल हो ।

%d bloggers like this: