Fri. Mar 29th, 2024

काठमाडौं । राजेश हमालको कमब्याक मानिएको चलचित्र ‘बागमती’को अफिसियल गीत रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गीतमा नायिका केकी अधिकारी र गायक विश्व नेपाली फिचरिङमा छन् । स्लो ट्युनको यो गीत चलचित्र भित्र एक महत्वपुर्ण अंश बनेको निर्मात्री यशोधा राई बताउँछिन् ।keki
‘सानु एक्लै छौ’ बोलको गीतमा शब्द चलचित्रका प्रस्तुतकर्ता विजय सत्यालको छ । विजय सत्यालसँगै दिनेश दर्शनधारी प्रस्तुतकर्ता रहेको चलचित्र साउथ ईण्डियन प्रविधीमा तयार भएको निर्माण टिमले यसअघी नै बताउँदै आएको छ । ‘बागमती’लाई ईण्डियन निर्देशक सन्नी केरालाले निर्देशन गरेका छन् ।kk
पौष २४ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको यो चलचित्रमा हमाल र केकीसँगै पुराना नायक शिब श्रेष्ठ, रविकरप्रसाद घिमिरे, ध्रुव कोईराला, कञ्चन ठकुरी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ । फ्लोरमा जाँदादेखी नै बजेटदेखी प्रविधी हुँदै चलचित्रले उठान गरेको विषयबस्तुसम्मका कारण चर्चामा रहेको चलचित्र बर्षको प्रतिच्छित चलचित्रको सुचीमा छ । त्यसो त निर्देशक सन्नी चलचित्र ‘बागमती’ले नेपाली चलचित्र क्षेत्रको अहिलेको ट्रेण्ड नै परिवर्तन गर्ने दाबी गर्छन् ।
अनिष नापित कार्यकारी निर्माता रहेको चलचित्रमा यशोधा राईसँगै सुवर्ण महर्जन, अञ्जना भारी, सरस्वती दर्शनधारी र आयुषा दर्सनधारीले निर्माणमा सहकार्य गरेका छन् ।
गीत गीत हेर्नुहोसः
https://youtu.be/sxRwzAwsYkE

%d bloggers like this: