Tue. Apr 16th, 2024

काठमाडौं— १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउ“दै पूर्णिमा रायमाझीले पहिलो पटक आयोजना गरिएको ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को उपाधी जितेकी छिन् ।  पूर्णिमाले भविष्यमा चलचित्र अभिनेत्री बन्ने उदेश्य लिएको बताएकी छिन् । उनी नृत्यमा समेत रुची राख्छिन् । शनिवार काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा जस्मिन तामाङले फस्ट रनर्स अप तथा बिनिता ओलीले सेकेण्ड रनर्स अपको उपाधी जित्न सफल भएका छन् । जस्मिनले मिस क्याटवाकको उपाधी पनि जितिन् । प्रतियोगितामा दीपा डंगोलले मिस पर्सनालिटीको शीर्षक उपाधी जितिन् भने मुस्कान श्रेष्ठले बेस्ट स्माइलको उपाधीNew Image जितिन् । प्रतियोगितामा नुरानी महर्जनले बेस्ट डेस, सिमरन कार्कीले पिपुल्स च्वाइस, निशा राईले मिस ब्युटिफूल, बंशु श्रेष्ठले बेस्ट हेयर तथा अष्मिता ढुंगानाले मिस फोटोजेनिकको उपाधी जित्न सफल भइन् । आरके ईभेन्ट्सले आयोजना गरेको यो प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समुहका युवतीहरुले भाग लिएका थिए ।
परिचयात्मक चरणबाट प्रारम्भ भएको प्रतियोगिता पार्टि वेयर सिक्वेन्सहु“दै अघि बढेको थियो । उक्त सिक्वेन्समार्फत बेस्ट डे«स उपाधी विजेताको छनौट गरिएको थियो । त्यसपछिका पर्फर्मेन्स राउण्डमा प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसक्रममा निर्णायकले सबै प्रतिस्पर्धिहरुलाई एक–एक वटा प्रश्न सोधे । प्रतिस्पधीहरुले दिएको जवाफको आधारमा सेमिफाइनल चरणका लागि उत्कृष्ट १० प्रतिस्पर्धिको छनौट गरियो । विजेता छनौटका लागि सोधिएको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दि“दै पूर्णिमाले उपाधी कब्जा गरेकी हुन् ।

%d bloggers like this: