Fri. Apr 19th, 2024

नायक जीवन लुईंटेलले पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । उनीद्धारा रचित कविताहरुका संग्रह  ‘नायक’ सोमबार नक्साल स्थित नक्साल बेंक्वेटमा सार्वजनिक गरियो । कवि वैरागी काईंला, कृष्णहरि बराल, राजेश हमाल, करिष्मा मानन्धर, सुवास ढकाल आदिले कृति लोकार्पण गरे ।123
लोकार्पण कार्यक्रममा बोल्दै कृष्ण हरि बरालले जीवनका कवितामा कविताको व्याकरण दुरुस्त रहेको टिप्पणी गरे । ‘कविताकालागि उपमा अलंकार, विम्ब आदिको संयोज हुनुपर्छ । जीवनका कवितामा ति सबै कुराको सुन्दर प्रयोग देख्न सकिन्छ,’ बरालले भने । कार्यक्रममा बोल्दै अभिनेताले भने जीवनले कविता संग्रह निकालेर आफू भित्रको अर्को पाटोलाई उजागर गरेको बताए ।
‘कवि हुनकालागि आफू वरिपरिको वातावरणलाई अनभूत गर्ने र त्यसलाई शब्दमा अभिव्यक्त गर्ने सामथ्र्य रहनु पर्छ । जीवनजीका कवितामा ति सबै गुण विद्यमान पाएँ । उहाँको कविता यात्रा अरुका लागि पनि प्रेरणादायी बनोस्,’ हमालले भने ।विद्यार्थी जीवनदेखिनै कविता लेख्दै आएका जीवनले लामो समयदेखिका कवितालाई संग्रहको रुपमा प्रकाशन गरेको बताए । उनले भने,‘मैंले लेखेका सबै कविता कविता हुन् कि हैनन् थाहा छैन तर सबै कविता मेरो कवि मनका उपज हुन् जीवनले भने ।दुई दर्जन कविता संग्रहित पुस्तकलाई पैरवी बुक हाउसले बजारमा ल्याएको हो ।

%d bloggers like this: