Fri. Mar 29th, 2024

फिल्म ‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्म ‘कबड्डी कबड्डी’ २०७० सालको सफल फिल्म ‘कबड्डी’को सिक्वेल हो । सोमबार मण्डला थिएटरमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक , निर्माता र अभिनेता सबैले फिल्म पहिलो भाग भन्दा हरेक अर्थमा अब्बल रहेको दाबी गरे ।New Image
रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, रिश्मा गुरुङ, बिजय बराल, बुद्वि तामाङ, शिशिर बाङदेल, अरुणा कार्की,पुष्कर गुरुङ आदि कलाकारको अभिनय रहेको छ । रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेको पटकथालाई शैलेन्द्र कार्कीले खिचेका छन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको छ । फिल्ममा  रौनक बिक्रम कँडेल र सुनिल चन्द रौनियार पनि निर्माताको रुपमा रहेका छन् ।
र्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई, रौनक बिक्रम कँडेल, शैलेन्द्र कार्की र प्रचण्डमान श्रेष्ठले पनि बोलेका थिए । फिल्मको सफलताको कामना गर्दै राजकुमार राईले फिल्म अध्यय्न र मेहनतको संयोजनले बन्ने भन्दै ‘कबड्डी’ टिमले बनाएका फिल्ममा यि दुईको सम्मिश्रण देख्न सकिने बताए । निर्माता निश्चल बस्नेतले ‘कबड्डी’मा भएका धेरै गल्ती सिक्वेलमा नदोहो¥याएको बताए ।‘पहिलोमा हामीले जान्दा जान्दै पनि केही गल्ती सच्याउन सकेका थिएनौं । तर यसमा सुधारेका छौं । फिल्मले पहिलोले भन्दा पनि रमाईलो गराउँछ । ढुक्क भए हुन्छ, बस्नेतले भने ।

%d bloggers like this: