Thu. Mar 28th, 2024

IMG_8907 copyइलामको मंगलबारेमा जन्मिएकी अरुणा युकेको ७ बर्षको बसाई अनुभवलाई संगाल्दै कलाकारितामा लाग्न स्वदेश फर्केर मोड्िलङमा इन्ट्री गरेकी छिन् । विदेशमा जतिसुकै ऐस आरामको जिन्दगी बिताए पनि मातृभूमि सबैलाई प्यारो नै लाग्छ । विदेशको सुविधा सम्पन्न वातावरणमा रमाइ रहे पनि जोकोहीलाई आफ्नो जन्मथलोको सम्झना आईरहन्छ । IMG_8863 copy
५ फिट ४ इन्च उचाई र आकर्षक शारीरिक बनावटकी उनी बिद्यालय हुदै कलेजस्तरमा हुने कार्यक्रममा उदघोषणमा अब्बल थिइन् । भिजे,मोड्लिङ,ट्राभलिङ,र नृत्यमा रुची राख्ने उनले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड,फ्रान्स र युके सहित आधा दर्जन युरोप देशको भ्रमण गरिसकेकी उनले पछिल्लो समय कर्मथलोका रुपमा युकेलाई बनाइन् ।
IMG_8852 copy
‘विदेशमा जति लामो समय बसे पनि मलाई नेपालको कला र संस्कृतिको निकै माया लाग्थ्यो, नेपाल फर्किएरकै कलाकारितामा केही गर्न मन लाग्थ्यो,’उनले भनिन् ,‘यूकेको लामो समयको बसाई पछि नेपाल प्रतिको माया र कलाकारिता प्रतिको झुकाबले नेपाल फर्किएँ ।’ उनको योजना अब मोड्िलङ र फिल्ममा काम गर्ने रहेको छ ।
IMG_8770 copy
आफु भित्रको प्रतिभालाई प्रस्फुटन गर्नका लागि नै कलाकारिता रोजेको बताउने उनी कलाकारितालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिन्छिन् । म्युजिक भिडियो र फिल्ममा अफर आएको बताउदै उनले जीवनको परिभाषालाई भने संघर्ष,सम्भावना र चुनौतीको समिश्रणको संज्ञा दिईन् ।IMG_8629 copy

%d bloggers like this: