Fri. Mar 29th, 2024

आमिर खानले नयाँ चलचित्र ‘दंगल’को पोष्टर सार्वजनिक गरेका छन् । यस फिल्ममा आमिरले प्रसिद्ध पहलमान महावीर फोगाटको भूमिका निर्वाह गरेका छन् । महावीर भारतका अन्तराष्ट्रिय महिला पहलवान गीता र बबिता फोगाटका बुबा हुन् । गीताले सन २०१० मा राष्ट्रमण्डल खेलमा गोल्डमेडल जितेकी थिइन् ।आफ्नो ट्वीटर र फेशबुक अकाउन्टवाट उनले पोष्टर सार्वजनिक गरेका हुन् ।
आउँदो क्रिसमसमा रिलिज गर्ने योजना आमिरले बनाएका छन् । दंगलका निर्माता, उनकी पत्नी किरण राव र सिद्धार्थ राय कपुर रहेका छन् । फिल्मको निर्देशन नितेश तिवारीले गर्ने भएका छन् ।Dangal
आमिरले यस फिल्मका लागि २० किलो वोजन बढाएका थिए । यसमा आमिरको श्रीमतिको भुमिका टेलिभिजन कलाकार साक्षी तंवरले निर्वाह गरेकी छिन् ।

%d bloggers like this: