Thu. Mar 28th, 2024

जेनिफर लरेन्स विश्वमै सर्वाधिक कमाउने अभिनेत्रीहरुमा एक नम्बरमा छिन् । लरेन्सले गएको वर्ष मात्रै ५ करोड २० लाख डलर आर्जन गरेकी थिइन् ।

फोब्र्स म्यागजिनले एक वर्षमा सबैभन्दा धेरै आम्दानी गर्ने १८ नायिकाहरुको सूची सार्वजनिक गरेको सुचीमा गत जुनदेखि १२ महिनाको कमाईको आधारमा उनी पहिलो नम्बरमा परेकी हुन् ।

दोस्रो स्थानमा छिन् एभेन्जर्स फेम स्कार्लेट जोहन्सन । उनले एक वर्षको अवधिमा ३ करोड ५५ लाख डलर आर्जन गर्न सफल भइन् ।

तेस्रो स्थानमा परेकी मेलिसा म्याक्केथीले दुई करोड ३० लाख डलर आर्जन गरेकी थिइन् । बिङबिङ फ्यानले एक वर्षको अवधिमा २ करोड १० लाख डलर आर्जन गरेकी छिन् भने अर्की नायिका जेनिफर एनिस्टनले वाषिर्क १ करोड ६५ लाख डलर आर्जन गर्छिन् ।

एनिस्टनकै हाराहारीमा कमाई गरेकी छिन् जुलिया रोबर्ट्सले पनि । उनको कमाई १ करोड ६० लाख डलर रहेको छ । १ करोड ५० लाख डलर आर्जन गर्दै एन्जेलिना जोली यसपाली सातौं स्थानमा परेकी छिन् । अर्की नायिका रोज विदरस्पुनले पनि जोलीकै जति कमाई गरेकी छिन् ।

१८ जनाको सूचीमा नवौं स्थानमा परेकी एन्नी ह्याथ्वेले वाषिर्क १ करोड २० लाख डलर कमाई गरेकी छिन् । दशौं स्थानमा परेकी क्रिस्टन स्टीवर्टले पनि १ करोड २० लाख नै कमाई गरिन् ।

अर्कि चर्चित नायिका क्यामरुन डिआजले एक वर्षमा १ करोड १० लाख डलर कमाई गरेकी थिईन् भने गिनिथ पाल्ट्रोको कमाई ९० लाख डलर रहेको छ । मेरील स्ट्रिप, आमन्डा सेर्फड र सान्ड्रा बुलकले वार्षिक ८० लाख डलर कमाई गर्दै आएका छन् ।

%d bloggers like this: