Sat. Apr 20th, 2024

हलिउडका चर्चित एक्सन हिरो ज्याकी चाङ नेपाल आएका छन् । भूकम्प पीडितलाई ठूलो रकम जुटाइसकेका ज्याकी मंगलबार अपरान्ह काठमाडौं ओर्लिएका छन् । भूकम्पपीडितलाई सहयोग गर्न उनी काठमाडौं आएका हुन्। उनी  एयर चाइनाको जहाजमा नेपाल आएका  हुन्। उनी त्रिभुवन विमानस्थलबाट सोझै सोल्टी होटल गएका छन्।  उनले केही साता अघि नेपालका भूकम्प पीडितहरुका लागि १ करोड २ लाख नेपाली रुपैया सहयोग स्वरुप दिएका थिए ।  उक्त रकम सिंगापुरमा आयोजित एक च्यारिटी कार्यक्रममा उनले प्रदान गरेका थिए । ज्याकी राहतको लागि ५०० बासक सामग्रीसहित काठमाडौं आइपुगेका हुन् । ती बाकसहरु भूकम्प पीडितहरुलाई वितरण गरिनेछ । बासकमा रेनकोट, ब्रस, तौलिया, चप्पल, कुसन, सरसफाईको सामग्रीलगायत सामग्री छन् ।
चाइना रेडक्रसको संयोजनमा नेपाल आएका  चाङले आफुले ल्याएको राहत सामग्री ललितपुर सिद्धिपुर गाबिसका  भूकम्पपिडितलाई  दिने नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ अधिकृत  इश्वरी रेग्मीले मनोरंजनसंसार लाइ जानकारी दिए। काठमाडौंमा रहँदा ज्याकीले सोल्टी होटलमा आयोजित एक कार्यक्रम रहेको बतइएको छ । चाङ आजै  साँझ सवा एघार बजे चीन फर्कने कार्याक्रम रहेको पनि रेग्मीले जानकारी दिए।

%d bloggers like this: