Fri. Mar 29th, 2024

मान्छेको जिबनमा यात्रा कुन मोडबाट कुन मोडमा जान्छ यो कुरा कसैलाई थाहा हुदैन आज मैले विदेश बाट नेपाल को यात्रा गरेको छु भन्दै हुनुहुन्छ कृष्ण श्रेष्ठ । अब थाहापाउ को हुन् त कृष्ण श्रेष्ठ ? कृष्ण श्रेष्ठ चलचित्र क्षेत्रमा काम गर्ने व्यक्ति हुन् जसले हलिउड देखि बलिउड सम्म को यात्रा गरिसकेका छन् र वर्तमान अवस्थामा नेपाली चलचित्र क्षेत्रमा आफ्नो योगदान पुर्याउनको लागि खटीरहेका छन् र यही काममा ऊनी लागिपरेका छन् ।
श्रेष्ठ ति हुन् जसले भारतमा VFX को पढाई गरेर त्यही अध्यनलाइ जिबनमा लागु गरेर सोहि क्षेत्र मा काम गरि १० वर्षको कामको अनुभब समेटेका छन् । उनले VFX को पहिलो कामको सुरुवात TV माहाभारतबाट सुरु गरि भारतीय चलचित्रहरु जस्तै 3 Idiots , प्रिन्स, Knockout मा काम गरि सकेका छन् । त्यसैगरि हलिउड चलचित्रहरुमा Tron, Thor र Transformers 3 जस्ता चलचित्रमा काम गरिसकेका छन् र नेपालि चलचित्रहरुमा ताण्डव , सम्बोधन , जेरी , होस्टेल रिटर्न्स , भैरव , तथास्तु जस्ता चलचित्रमा काम गरिसकेका छन् ।
कृष्ण भन्छन, ”अहिले हामि भव्य आर्ट्समा टीम वोर्क बनाउदै छौ VFX Animation को काममा म संगै अनुपम शाह हामी २ जना मेलर नेपाली चलचित्रको काम गर्दै छौ” । यहि क्षेत्रमाँ लागि जीबन निर्बहा गर्नेहरुका लागि ऊनि प्रेरणा बन्न सक्छन । अब आशा गरौ जुन अनुभब श्रेष्ठले  विदेशबाट बोकी ल्याएका छन् त्यो अनुभव लाइ प्रयोग गरि उनले नेपाली चलचित्रहरुमा गुणस्तर  योगदान  दिन  सकून ।Krishna g2

%d bloggers like this: