Sat. Apr 20th, 2024

दुर्गिश फिल्म्सले २०७२ बैशाख १२ गते गएको महा-विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक र धादिंगमा भत्किएका विध्यालयको पुन निर्माणको सहयोगार्थ होस्टेल रिटर्न्स चलचित्रको च्यारिटी-शो देशका विभिन्न जिल्लाहरुमा गर्ने भएको छ । चलचित्र ‘होस्टेल रिटर्न्स’ को प्रदर्शन मिती महाभूकम्पका कारण वैशाख २५ गतेको प्रदर्शन मितीलाई स्थगन गरि चलचित्र अब आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउने भएको छ ।
च्यारिटी-शो गरेर उक्त चरिटी शो बाट उठेको रकम भुकम्प पिडित को सहयोगको लागि खर्चिने कुरालाई सबैले सकारात्मक रुपमा लिएका छन् । च्यारिटी शो हुने स्थानहरु पाल्पा, दमौली, पोखरा,नेपालगंज, टिकापुर रहेको यस चलचित्रका निर्माता सुनील रावलले बताउनु भएको छ । अन्य स्थानहरुमा पनी च्यारिटी-शो गर्न चाहेको रावलले बताउनु भयो । रावल भन्छन, ” मैले केबल ब्यापार वा रमाइलो खोजेको होइन, यो समयमा आफ्नो काम संगसँगै सामाजिक कर्तब्य पनि पुरा गर्न सक्यो भने आत्मसन्तुस्टी हुन्छ र त्यों कुरा सकारात्मक कुरा हो अनि आफुले सक्दो सबैले गरे मात्र सही बाटो तिर जनेछौ र यदि तपाईहरु पनि आफ्नो जिल्लामा यस चलचित्रको च्यारिटी-शो गरी सहयोग गर्न चाहनुहुनछ भने यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ “। रावलले थपे, ” बिध्यालय निर्माणको लागि कदम उठाउनु भनेको यो समयमाँ आवश्यक कुरा पनी हो किनभने अहिले बिध्यालयहरु क्षतिग्रस्त छन यो समयमाँ बिध्यार्थीहरुलाइ पढ्न लेख्न गारो भैराको बेला मैले आफ्नो मन थाम्न सकिन र यो काम म गर्दैछु” ।
रावलले धादिंगको जीबनपुर, काव्रे, सिन्धुपाल्चोक, काठमाडौँ को नाग्लेभारे- कव्रेस्थलि- रामकोट- ललितपुरको स्यनागाउ, गोटीखेल, खोकना, हरिसिद्धि र भक्तपुरको सुडाल गा.बी.स यिनै ठाउ र बस्तिहरुमा त्रिपाल, कर्कड़पाता, ब्लान्केट र खानेकुराहरु राहत स्वोरुप बाडिसकेका हुन् र अहिले च्यारिटी-शो बाट उठेको रकमबाट सिन्धुपाल्चोक र धादिंगमा अस्थाई बिध्यालय निर्माण गर्नुको साथै केहि रकमले सुदुरपश्चिम का केहि स्थानमा पाठ्यपुस्तक वितरण गर्ने कुरा पनि बताउनु भयो । रावलको यो कुरा सुनेर हामी मनोरंजन्संसार यूनिट पनी उहाको काम को तारीफ़ नगरी रहन सक्दैनौ ।Sunil Dai TripaalSunil rawal

%d bloggers like this: