Thu. Apr 25th, 2024

निखिल उप्रेति दर्शकले रुचाएका कलाकार मध्येमा पर्छन् । तर सञ्चितासँग दोस्रो विवाह गरेर मुम्बईमा लामो समय भूमिगत जीवन बिताएका निखिलको भूमिगत जीवन भूकम्पले पनि तोड्न सकेन । उनी पनि भूकम्प पछि जनतालाई परेको पीडामा सरिक हुन कतै देखिएनन् ।
नेपाली फिल्मबाटै बिराट भट्टको भाग्योदय भएको हो । फाइटब्वाई हुँदै हिरो बनेका बिराजले आजभोलि भोजपुरी फिल्ममा राम्रो स्थान बनाएका छन् । तुलनात्मक रुपमा उनको भोजपुरी फिल्ममा कमाई पनि राम्रो छ । तर उनले पनि आफ्ना दर्शकको पीडालाई आफ्नो ठान्ने भूल गरेनन् । गुमनाम नै बसे ।
भुकम्प आए लगतै ३ बर्षदेखि आफ्नो घर धरान नपुगेका निर्माता छविराज ओझा एकाएक घर पुगे । घर पुगेर उनी लामो समय बसे र बल्ल काठमाण्डौ फर्किए । उनले आफूले देखाएर समाजसेवा नगरेको बताएर चोखिने काम गरे । तर, हवल्दार सुन्तलीले करोडौ कमाएको कुरा गर्ने छविले भुकम्पपछि कुनै सहयोगको हात अगाडि बढाएनन् । निर्माता छविराज ओझाको आलोचना यही बिषयलाई लिएर भैरहेको छ । उनको फिल्म हेरेर उनलाई वाघ निर्माता बनाएका उनका दर्शकले उनको अनुहार पनि देखेनन् । छवि मात्र होइन, अभिनेत्री शिल्पा पोख्रेलको सक्रियता पनि भुकम्पछि खासै देखिएन ।
एक दिन फिल्र्मीकर्मी र स्वास्थ्य मन्त्रालयले गरेको सहकार्यमा हिडेकी शिल्पा त्यसपछि हराइन् । एकपछि अर्को फिल्म सफल भएपछि शिल्पाको चर्चा चुलियो तर उनको मन खुल्न सकेन । शिल्पा पोख्रेल अहिले बरु म्यूजिक भिडियोमा खेल्नमा तल्लिन छिन् । फिल्म चल्दा आफ्ना दर्शकलाई हेरिदिन आग्रह गर्दै मिडियामा अगाडि देखिएका शिल्पा र छवि दुबै भुकम्पछि हराए ।
भारतमा बसिरहेकी विपना थापा नेपाल आएर राहत बाँड्दा धेरैले उतै बसिरहेकी निरुता सिंहलाई सम्झे । तर निरुताले पनि नेपाल आउने र आफूलाई माया गर्ने दर्शकलाई हिम्मत नछाड्न अनुरोध गर्न सकिनन् ।

%d bloggers like this: