Sat. Apr 20th, 2024

yo pagal man२०७१ सालमा एक साथ ७ चलचित्र निर्माण गर्ने घोषणा गरेसगैं यति बेला गोपिकृष्ण मुुभिजलाई तनाव श्रृजना भएको छ । भर्खरैं २ वटा चलचित्रको निर्माण घोषणा गरेको गोपिकृष्णले मंगलबार मात्र अर्को चलचित्र यो पागल मनको निर्माण घोषणा गरेको हो । यो सगैं गोपिकृष्णले ३ चलचित्रको निर्माण घोषणा गरेको छ । जस मध्य चलचित्र होमवर्क हाल सम्पादन टेवुलमा छ भने अर्को चलचित्र ठमेल डटकमको हाल छायांकन भइरहेको छ । यसै बर्ष ७ चलचित्र निर्माण गर्ने अभिलासा सहित अगाडी बढेको गोपिकृष्णले अब ४ चलचित्रको निर्माण गर्नु पर्ने चुनौती छ । त्यहि क्रममा मंगलबार ७ चलचित्र मध्यको तेस्रो चलचित्र यो पागल मनको औपचारिक शुभारम्भ गरिएको छ । जसमा वर्षा शिवाकोटी,सगुन शाही ठकुरी,विनोद न्यौपाने,गौरी मल्ल लगायतका कलाकारहरुले अभिनय गर्नेछन् । कल्याण अधिकारीको निर्देशन गर्ने यस चलचित्रको छायांकन बैशाख १५ गतेबाट सुरु हुने गोपिकृष्णका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कविराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत र राजेश पायल राई, स्वरुपराज आचार्य, दुर्गा खरेल र भुवन प्यासीको स्वर रहेको छ ।  चलचित्रलाई गोपिकृष्ण मुभिजले निर्माण गर्ने छ ।

%d bloggers like this: