Thu. Apr 25th, 2024

hollwoodहलिउडका एक्शन हिरो सिलवेस्टर स्टैलोनले आफ्ना तिन जना छोरीहरुलाई ४० बर्षको उमेरभन्दा पहिला डेटिंगमा जान मनाही गरेका छन् । एक अंग्रजी पत्रिकाले प्रकाशन गरेको खबरमा भनिएको छ कि चलचित्र एक्सपेनडेबल्सका ६८ बर्षिय अभिनेता सिलवेस्टर र उनकी पत्नी जेनिफर फ्लैवीनको तिन छोरी सोफिया, सिस्टीन र स्कारलेटलाई ४० बर्षको उमेरभन्दा पहिला पहिला कुनै पनि केटासँग डेट गर्न मनाही गरेका छन् । अभिनेता सिलवेस्टरको एक छोरीलाई करिब ४ बर्ष पहिले एक केटाले डेटका लागी बोलाएका थिए र उक्त कुराले सिलवेस्टरलाई निकै दुखित बनाएको थियो । एक व्यक्तिलले सिलवेस्टर सोधेका थिए कि सोफिया कहाँ गएकी छिन् भनेर ? र सिलवेस्टरले सोफिया सधैभरीका लागी मिस्र गइन भनेर जबाफ दिएका थिए । त्यति बेला देखीनै सिलवेस्टरले आफ्नो छोरी सोफिया कसैको प्रेमसम्बधमा रहेको बुझेका थिए र उनलाई उक्त कुरा मन परेको थिएन । यसरी सोफिया सानो उमेरमानै प्रेमसम्बन्धमा परेपछि उनले आफ्ना तिनैवटी छोरीहरुलाई ४० बर्षको उमेरभन्दा पहिला कुनै पनि केटाहरुसँग डेटमा नजान आग्रह गरेका छन् ।

%d bloggers like this: