Thu. Mar 28th, 2024
maggie-film-schwarzenegger-breslinखतरनाक हलिउड अभिनेता अर्नाल्ड स्वार्जनेगरले अभिनय गरेको नयाँ चलचित्र ‘मैगी’को अफिसियल ट्रेलर रिलिज भएको छ । एक बुबा र छोरीको कथा बोकेको उक्त चलचित्रको सार्वजनिक ट्रेलर निकै धमकेदार देखिएको छ । सार्वजनिक ट्रेलरमा माया,प्रेम,द्धन्द्ध सबैपक्षलाई आर्कषक तवरले देखाइएको छ । सार्वजनिक ट्रेलर हेर्दा उक्त चलचित्र हरर भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रमा अर्नाल्ड (पिता) ‘वेड’को भुमिकामा देखिएका छन् भने उनको छोरी ‘मैगी’को भुमिकामा अबिगेल ब्रेसलिन देखिएकी छिन् । अर्नाल्डले आफ्नो वेबसाइटमा लेखेका छन् की -‘मलाई मेरो नयाँ चलचित्रप्रति गर्व छ ।’ उनले भने -‘तपाईहरुले सबैभन्दा पहिला म पहिलो पटक मानवताको हितका लागी सशक्त भुमिकामा अभिनय गरेको देख्न पाउनु हुनेछ ।’ हेनरी हाब्सनले यस चलचित्रलाई निर्देशन गरेका हुन् । यस चलचित्रको हालसम्म प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन् ।

%d bloggers like this: