Fri. Apr 19th, 2024
नेपाली नयाँ बर्ष २०७२ धमाकामा भाग लिन अमेरिका पुगेका हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अमेरिकामा आयोजना भएका विभिन्न कार्यक्रममा देश सफा पार्ने अभियानलाई समेत ब्यापक बनाएका छन् । केहि महिना अगाडी मात्र नेपाल सरकारले सरसफाई दुत बनाएपछि नेपालका विभिन्न ठाँउहरुमा गएर आफ्नो प्रहशन मार्फत देश सफा गर्ने अभियान सुरु गरेको यो जोडीले अमेरिकामा समेत यो अभियान सुरु गरेको छ । उनीहरुको देश सरसफाई गर्ने अभियानको प्रहशनले त्यहाँ रहेका नेपाली समुदायमा राम्रो प्रभाव पार्न थालेको छ ।

sitaram

अप्रिल ४ तारिकदेखि करिब डेढमहिनासम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरिने २०७२ नयाँ बर्ष धमाका कार्यक्रम संगै नेपाली समुदायले सफाई अभियानलाई राम्रो आर्थिक सहयोग प्राप्त भै रहेको सिताराम कट्टेलले बताएका छन् । भर्जिनिया,बोस्टन तथा टेक्सास राज्यका बिभिन्न शहरहरु गरि करिब २ दर्जनभन्दा बढि स्थानमा गरिने उक्त कार्यक्रममा देश बनाउने उदेश्यका लागि भनि नेपाली समुदायले स्वत स्फुर्त रुपमा गरेको सहयोग हालसम्म १३ लाख भइसकेको सिताराम कट्टेलले बताएका छन् । अमेरिकाबासी नेपालीहरुले देश सफा गर्ने अभियानलाई व्यापक साथ दिएको बताउदैं हाँस्य कलाकार सिताराम कट्टेलले उक्त रकम नेपाल आएर सरसफाई अभियानमा खर्च गर्ने बताए । २०७२ नयाँ बर्ष धमाका भाग १’ मा भाग लिन धुर्मुस जोडिसँगै लोक गायक पशुपति शर्मा, प्रमोद खरेल, लोक गायिका संगिता थापा मगर पनि अमेरिका पुगेका छन् ।

%d bloggers like this: