Sat. Apr 27th, 2024

पोर्न चलचित्रबाट बलिउडक्षेत्रमा प्रवेश गरेकी सनी लियोन बेला बखतमा चर्चा र विवादमा आइरहन्छिन् । पूर्वपोर्नस्टार भएका कारण बोल्ड सिन दिन खासै असहज महशुस नगर्ने सनीले अभिनय गरेको चलचित्र  ‘एक पहेली लीला’ले रिलिज भएको तिनमै सनसनी मच्चाएको छ । हुनत यस चलचित्र प्रदर्शनमा आउनुभन्दा अगाडी देखीनै चर्चामा थियो । सनीले चलचित्र  ‘एक पहेली लीला’मा एक हजार लिटर दुधले नुहाएको दृश्यले जति चर्चा पाएको थियो चलचित्र हेरेका दर्शकहरुले पनि उक्त दृश्य खुबै मनपराएका छन् ।

sunny

निर्देशक बबी खानले निर्देशन गरेको यस चलचित्रमा सनीको क्लासिकल नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ । सनीले यस चलचित्रमा तिनवटा भुमिकामा देखिएकी छिन् । उनले गाउँकी छोरी, आधुनिक महिला र राजकुमारी बनेर दर्शकलाई मोहित बनाउन माहिर देखिएकी छिन् । ‘रागिनी एमएस–२’, ‘ज्याकपट जिस्म २’ लगायतका चलचित्रमा बोल्ड भूमिका दिइसकेकी सनीले यस चलचित्रमा पनि दर्शकले पचाउन सक्ने खाल्कै बोल्ड दृश्य दिएकी छिन् । कथा वस्तु औसत भएपनि दर्शहरुले सनीको भुमिकालाई तारिफ गरेका छन् ।  ‘एक पहेली लीला’मा सनीसगैं अभिनेता जय भानुशाली र दुग्गलले पनि अभिनय गरेका छन् ।

%d bloggers like this: