Thu. Mar 28th, 2024

हामी कल्पना पनि गर्न सक्दैंनौं,१२ बर्षको उमेरमा दुवैं हात गुमाउदाँको पिडा कस्तो हुन्छ होला ? तर कोहि यस्ता व्यक्ति पनि छन् जसले त्यो पिडालाई तागतमा बदलेका छन् । त्यो भिडका एक व्यक्ति हुन सुदर्शन गौतम । जसले मृत्युलाई पनि नजिकबाट निहालेका छन् । १२ बर्षको उमेरमा विद्युतीय दुर्घटनाबाट दुवैं हात गुमाएपछि अस्पताको शैयाबाटनै खुट्टाले लेख्ने, खाने, नुहाउने लगायतका काम गरेका सुदर्शन अहिले खुट्टाले गाडी समेत चलाउँछन् । त्यति मात्र कहाँ होर उनले सन् २०१३ मा सफलतापूर्वक विना हात संसारकै अग्लो शिखर सगरमाथाको आरोहण समेत गरेका थिए । उनलाई यति मात्र भन्यों भने सायद गल्ति हुन सक्छ किनकी सुदर्शन चलचित्रक्षेत्रका एक सफल नायक समेत हुन् । पहिलो पटक नायिका रेखा थापाको लगानी र निर्देशनमा तयार भएको चलचित्र हिम्मतवालीमा अभिनय गरेका सुदर्शन अहिले चलचित्र ‘सुपर हिरो’ को लागि डान्स, फाइट, हेलिकोप्टर जम्पिङ लगायतका अरु क्लासहरुका लागी अमेरिकामा छन् ।

sudarsan and rekha

२०७२ सालको भदौंबाट छायांकन सुरु हुने बताइएको चलचित्र ‘सुपर हिरो’मा सुदर्शन मुख्य भुमिकामा देखिदैंछन् । आफुलाई दुवै हात गुमाएकोमा दुख नलागेको बताउने सुदर्शन भन्छन् -‘म क्यानडाको नागरिक हुँ । म यस्तो समाजमा बस्छु, जहाँ शरीको अंग गुमेको मानिसलाई अपाङ्ग भनिदैन । त्यस्तो व्यक्तिलाई अपाङग मानिन्छ, जसले काम गर्दैन । आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन । परिवार र समाजप्रति उत्तरदायी छैन । त्यस्ता व्यक्तिलाई धेरै ठूलो अपाङग मानिन्छ । र सरकारले बेरोजगार भत्ता दिन्छ । म त बिजनेश गर्ने र हात भएकाहरुलाई रोजगार दिएर बसेको र बस्न सक्ने मान्छे ।’ यसरी दुवैं हात नभएपनि विश्वमाझ विभिन्न कामहरुबाट परिचित सुदर्शन खतरनाक कामहरु मात्र बढि गर्न रुचाउँछन् । हिम्मतवाली प्रदर्शनमा आउनु भन्दा अगाडी नायिका रेखा थापालाई लिएर विभिन्न गसिपहरु बजारमा आएको विषयमा सुदर्शन भन्छन् -‘मानिसले हाम्रो लभको विषयमा विभिन्न नराम्रा कुराहरु गरे । थुप्रै गसिप बनाए । रेखा थापालाई कसरी बदनाम गराउने भनेर । यो लभ फिल्म चलाउने हल्ला हो सुद्ध भन्न पछि परेनन मान्छेहरु । तर हामी दुवै एक अर्कालाई साँचो, विना स्वार्थ, माया गथ्यौँ, गर्छौ र गरिरहने छौँ । जीवनको अन्तिम पलसम्म पनि । यो मायामा रेखा र सुदर्शन कसैको पनि केही स्वार्थ छैन ।’

%d bloggers like this: