Fri. Apr 26th, 2024

बैशाख २५ गते चलचित्र होस्टेल रिटन्र्ससँग एकसाथ प्रदर्शनमा आउने भनेर केहि दिन अगाडी मात्र चलचित्र डेस्टिनेसन काठमाण्डूको ट्रेलर र गीत सार्वजनिक गरेको निर्माणपक्षले चलचित्रको प्रचार प्रसारमा कमी भएको भन्दैं चलचित्रको प्रदर्शन मिति परसारेको छ । निर्देशक मधुसुदन भट्टराईका अनुसार हालसम्म पनि चलचित्रको प्रचार पं्रसार सुरु नभएका कारण चलचित्रको प्रदर्शन मिति सार्न बाध्य भएको बताए ।

destination-ktm

उनका अनुसार अब यो चलचित्र जेठ २९ गतेदेखी देशव्यापी प्रदर्शनमा आउने छ । २० प्रतिशत छायाँकन बाँकी रहंदा स्वर्गीय भएका निर्देशक दिपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेसन काठमाण्डू’ लाई उनका सहायक निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । यो चलचित्रमा अष्ट्रेलियन कलाकार साराह मावे सहित नायक दीलिप रायमाझी र नायिका झरना थापा लगायतका कलाकार मुख्य भूमिका रहेको छ । काठमाडौं र अष्ट्रेलिया बिचको साँस्कृतिक विविधता कथा भन्ने चलचित्र ‘डेष्टिनेशन काठमाण्डू’ लाई शरद अधिकारीले निर्माण गरेका हुन्  ।

%d bloggers like this: