Thu. Apr 18th, 2024

लोकतन्त्र दिवशको अवसर पारेर प्रदर्शनको तयारी गरेको चलचित्र ‘जन्मभुमी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा खासगरी राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ ।  मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे बैशाख ११ लोकतन्त्र दिवशको अवसरमा प्रदर्शन हुदैंछ । चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् ।

mohan

चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुति रहेको चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए । चलचित्र जन्मभुमीलाई उपत्यका बाहिर एफडी कंपनि र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।

%d bloggers like this: