Sat. Apr 27th, 2024

बलिउड चलचित्रका चकलेटी नायक शाहिद कपूरले अब दिल्ली निवासी मीरा राजपूतलाई जेठ २७ गते आफ्नो घर भित्राउने भएका छन् । विवाहको कुराले बलिउड निकै तातिरहेको अबस्थामा हालसम्म भने शाहिदेले विवाह कहिले गर्ने भन्ने मिति सार्वजनिक गरेका थिएनन् तर उनले एक अन्तरर्वार्ताको क्रममा जेठ २७ गते आफ्नो विवाह हुन लागेको खुलाएका हुन् ।

sahid

बलिउड चलचित्रमा धेरै पटक विवाह बन्धनमा बाधिएका शाहिद पहिलो पटक दुलहा बन्दैं छन् । उनले अन्तरर्वार्तामा भने -‘धेरै पटक चलचित्रको पर्दामा दुलाहा भए अब रियल लाइफमा बन्दैंछु,खुसी पनि छु र निराश पनि किनकी विवाह गरेपछि मेरो काधमा अझ धेरै जिम्मेवारी पनि थपिदैं जान्छ ।’ शाहिदले मीरालाई राधा स्वामी सत्संगको कार्यक्रममा पहिलोपटक भेटेका थिए। विवाहमा नजिकका साथी र परिवारको मात्र उपस्थिति रहने बताइएको छ। २००३ मा इश्क विश्कबाट बलिउडमा डेब्यु गरेका शाहिदले जब वि मेट, विवाह, कमिने, आर राजकुमार, हाइदरजस्ता सफल चलचित्रमा काम गरेका छन्।

%d bloggers like this: