Sat. May 4th, 2024

चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईं नभन्नू ल ३ को सोमबार साँझ काठमाडौंमा रहेको बिग मुभिजमा भब्य ग्राण्ड प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी,पत्रकारहरुको भब्य उपस्थित रहेको थियो भने चलचित्रका कलाकारहरुको पनि राम्रो उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि उपस्थित सबैले कलाकारहरुको अभिनय र चलचित्रमा कलाकारहरुले बोलेका सम्वादहरु उत्कष्ट रहेको बताएका छन् ।

aryan

उपस्थित सबैले निर्देशक मुस्कान ढकालको पनि खुरेरै तारिफ गरे । चलचित्रमा निर्देशक मुस्कान ढकालको निर्देशकिय क्षमता उत्कृष्ट रहेको देख्न सकिन्छ भने आर्यनको लोभलाग्दो अभिनय पनि हेर्न सकिन्छ । चलचित्र नाईँ नभन्नू ल ३ मा संचिता लुइँटेल, आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संयम पुरी, अनुभव रेग्मी र आश्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक प्रेमकथा समेटिएको चलचित्र नाईँ नभन्नू ल ३ लाई निर्देशक विकास आचार्यले निर्माण गरेका हुन् भने मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: