Thu. Apr 25th, 2024

पछिल्लो समयमा नेपाली चलचित्रहरु युवा यूवती केन्द्रित बन्न थालेको छ । युवा यूवतीहरुलाई केन्द्रित बनाएर निर्माण हुने चलचित्रहरुले पछिल्लो समय व्यापारिक हिसाबले खस्किदो व्यापार गर्न थालेपछि भने अहिले चलचित्रका निर्माताहरु केहि निराश बन्दैं गएका छन् । केहि बर्ष यता युवा यूवतीहरुलाई केन्द्रित गरेर निर्माण भएका चलचित्रहरुले खासै कमाल देखाउन नसकिरहेको अबस्थामा निर्माता सुनिल रावलले भने पुनः युवा यूवतीलाई नै केन्द्रित गरेर चलचित्र होस्टेल रिटन्र्स निर्माण गरेका छन् । कलेज पढ्ने विद्यार्थीहरुको कथा बोकेको यस चलचित्र प्रति निर्माता रावल निकै आशावादी देखिएका छन् ।

hostel retus

यस अघि निर्माता रावलले निर्माण गरेको चलचित्र सायद र होस्टेलले राम्रै व्यापार गरेको थियो । युवा यूवतीहरुलाई नै केन्द्रित गरेर निर्माण भएको सायद र होस्टेलले राम्रो व्यापार र प्रतिक्रिया बटुलेपछि होस्टेलकै सिक्वेल होस्टेल रिटन्र्स निर्माण गरेका सुनिल रावल यस चलचित्रबाट पनि पुर्ण आशमा देखिएका छन् । निर्माता रावल भन्छन् -‘मैले निर्माण गर्ने चलचित्रहरु दर्शकको रोजाईका चलचित्र हुन्छन् त्यसैले चलचित्र होस्टेल रिटन्र्सलाई पनि दर्शकहरुले अत्याधिक मनपराउनु हुनेछ ।’ चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र ‘होस्टेल रिटर्न्स लाई सुरज भुषालले निर्देशन गरेका हुन् । यो चलचित्र बैशाख २५ गतेबाट अलनेपाल प्रदर्शनमा आउन लागेको छ ।

%d bloggers like this: