Sun. May 19th, 2024

चैत २७ मा चलचित्र सेतो बाघ र नाइँ नभन्नू ल ३ सँग एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र हवल्दार सुन्तलीको यति बेला चर्चा व्यापक छ । निर्माता छबिराज ओझाले निर्माण गर्ने चलचित्रहरु छायांकनको बेला देखीनै चर्चामा आउने गरेको कुरा नयाँ होइन तर चलचित्र हवल्दार सुन्तली भने अरु चलचित्र भन्दा खास रहेको निर्माता ओझा बताउँछन् । उनी भन्छन् -‘सत्य घटनामा चलचित्र आधारित भएका कारणले पनि मैले निर्माण गरेका अन्य चलचित्र भन्दा हवल्दार सुन्तली राम्रो र उत्कृष्ट बनेको छ । महिला केन्द्रित चलचित्र मात्र आफुले निर्माण गर्ने भएका कारण हवल्दार सुन्तलीले महिलाको यर्थाथ घटनालाई देखाएका कारण दर्शकले चलचत्रलाई मन पराउने छन् भन्नेमा ढुक्क छु ।’

hawoldar suntali

त्यस्तैं चलचित्र हवल्दार सुन्तलीमा मुख्य भुमिका निभाएकी नायिका शिल्पा पोखरेले पनि चलचित्र हवल्दार सुन्तली आफ्नो लागी खास चलचित्र रहेको बताइन । उनी भन्छिन् -‘चलचित्रले अहिलेको नेपाली समाजमा घटिरहेका घटनाहरुलाई देखाएको छ त्यसैले चलचित्र सबैले एकपटक हेर्न आग्रह गर्छु ।’ त्यस्तैं चलचित्रका निर्देशक ऋषि लामिछानेले पनि चलचित्र हवल्दार सुन्तली सबैले एकपटक हेर्नै पर्ने चलचित्र बनेको बताए । आफ्नै सहकर्मीर्हरुबाट बलात्कृत भएकी सुन्तली धामीको घटनालाई यस चलचित्रमा चलचित्रकै शैलीमा ढालिएको छ । नायिका शिल्पा पोख्रेलले सुन्तली धामीकै भूमिका निर्वाह गरेकी छिन् । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका शिल्पासगैं सविर श्रेष्ठ र किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: