Thu. Apr 25th, 2024

सिन्धुलीको ककरु ठाकुरकी १९ बर्षीया गुञ्जन भण्डारी मोडलिङ क्षेत्रमा प्रवेश गर्ने सुरमा रहेकी छिन् । चार फिट आठ इन्च अग्ली भण्डारी मोडलिङसगैं सामाजिक काम तर्फपनि अगाडी बढ्ने सुरुमा रहेकी छिन् । मोडलिङप्रति समाजमा रहेको नकारात्मक सोचलाई अन्त्य गर्न आवश्यक रहेको उनले औलाइन् । समाज बिकासमा युवापुस्ताले केही गर्नु पर्नेमा उनले जोड दिइन् । ‘मानिसले चाहेको खण्डमा जे पनि गर्न सकिन्छ तर त्यसको लागि इच्छा शक्ति आवश्यक छ’ –उनले यसरी प्रष्ट पारिन् ।

gunjan

नकारात्मक सोच त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । जुनु फुर्सदको समयमा साथीहरुसँग घुम्न मन पराउँछिन् । करिब दुई बर्ष अगाडी बजारमा आउको म बादला बनि बोलको गीतबाट मोडलिङ गरेपछि यसक्षेत्रमा प्रवेश गरेकी गुञ्जनले हालसम्म केहि म्युजिक भिडीयोमा समेत अभिनय गरीसकेकी छन । नृत्य र अभिनय सीकिरहेको गुञ्जन आफुलाई एक सफल कलाकारको रुपमा स्थापित गर्न चाहान्छिन । देशका बिभिन्न ठाउँमा हुने कार्यक्रममा समेत सहभागी हुँदै आएकी गुञ्जनका अनुसार मोडलिङ व्यक्तित्व विकासको अभिन्न अंग हो ।

%d bloggers like this: