Thu. Apr 25th, 2024

फास्ट एण्ड फ्यूरियस सीरीजको सातौं चलचित्र फ्यूरियस ७ ले बलिउड बक्स अफिसमा धमका मच्चाएको छ । बलिउडमा प्रदर्शनमा आएको फ्यूरियस ७ ले २ दिनमा करिब २४ करोड भन्दा माथिको व्यापार गरेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसरीनै फ्यूरियस ७ ले व्यापर गर्ने हो भने केहि दिनमानै चलचित्रले ८० करोड भन्दा माथिको व्यापार गर्ने बताइएको छ । २०१५ मा भारतीय बक्स अफिसमा प्रदर्शन भएका हलिउड चलचित्रहरु मध्य यस चलचित्रले सर्वाधिक व्यापार गर्ने चलचित्रको रुपमा रेकर्ड बनाएको छ ।

furious7

वर्ष २०१३ मा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न राम्रैसँग पर्न सफल भएको छ । वर्ष २०१३ मा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न राम्रैसँग सफल भएको छ । वाकरको कार दुर्घटनामा निधन भएको थियो। यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् जसमा पल वाकर, भिन डिजेल, डेवान जोन्सन, मिचेल रोड्रिग्युज, लुकास ब्ल्याक आदि कलाकारले अभिनय गरेका छन्। यस चलचित्रले नेपालमा पनि राम्रै व्यापार गरेको छ । प्रंदर्शनमा आएको दुई दिनसम्ममा नेपालमा पनि यस चलचित्रले करिब ४ करोड भन्दा माथिको व्यापार गरिसकेको चलचित्र वितरकहरुले बताएका छन् ।

%d bloggers like this: