Fri. Apr 19th, 2024

गोरखाका २२ बर्षिय सन्दिप पोखरेलले यो बर्षको ‘मिस्टर नेपाल’को उपाधी जितेका छन् । ४० जना प्रतिस्पर्धीलाई उछिन्दै सन्दिपले ‘मिस्टर नेपाल’को उपाधी हात पारेका हुन् । उनले ‘मिस्टर नेपाल’को उपाधिसगैं ‘मिस्टर ह्यान्डसम, बेष्ट पर्सानालिटी, वेष्ट फिजिक्स’ विधामा अवार्ड पनि हात पारेका छन् । उनले कार्यक्रमका निर्णायकले सोधेको ‘यदि तपाई छोरीको बाबु भएको खण्डमा निर्वाह गर्ने प्रमुख ३ कुरा के हुन्’? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै यो बर्षको ‘मिस्टर नेपाल’को उपाधी हात पारेका थिए ।

mister

यो बर्षको ‘मिस्टर नेपाल’को उपाधि जितेपछि कार्यक्रममा बोल्दैं उनले आफुलाई चलचित्रको नायक बन्ने इच्छा रहेको खुलाए । उनलाई नगद १ लाख सहित चलचित्र ‘विन्दास ३’मा अभिनय गर्ने अवसर दिइएको छ । उनले विभिन्न पुरस्कारहरु पनि प्राप्त गरेका थिए । यस्तै, प्रतियोगीतामा प्रतिक लालवानी फस्ट रनरअप र मिलन श्रेष्ठ सेकेन्ड रनरअप भएका छन् । यो प्रतियोगीताको आयोजना एक्सपोज नेपालले गरेको हो । यो प्रतिस्पर्धाका लागि निर्देशक उद्धव अविजित, राजु गिरी, ‘मिष्टर नेपाल २०१४’का विजेता सुरज चिलुवाल, ‘मिसेस राजधानी, अनुकाली राणा मुल्यांकनकर्ताको रुपमा थिए । प्रतियोगीताको कोरियोग्राफ चिाँदनी लामिछानेले गरेकी थिइन् ।

%d bloggers like this: