Thu. Apr 25th, 2024

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमी वैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रले राष्ट्रियताको कथा प्रस्तुत गरेकाले पनि यसलाई लोकतन्त्रको दिनमा प्रदर्शनमा ल्याउन लागिएको निर्माणपक्षको भनाई छ ।  राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए ।
janmabhumi-releaseचलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

%d bloggers like this: